झिलझिले ।
झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दुई जना युवती प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् ।शिवसताक्षी ९ झरना टोल की २४ बर्षिया झरना बि.क. र उनकै साथी कमल –३की २४ बर्षिया सन्ध्या राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिकले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्रि बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेको परेको प्रहरीले जनाएको छ ।
बिकको घरबाट ब्राउन सुगर फेला परेपछि उनीहरुलाई सोमवार नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।