झापा । 

झापाबाट बिभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिबादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विना इजाजत वन पैदावार ओसार पसार मुद्दाका भद्रपुर–४ का २३ बर्षिय दिनेश माझी र चोरी मुद्दा भारत मुम्बई महाराष्ट्र घर भई दमक–६ बस्ने २६ बर्षिय अक्षय अंकुश पावर रहेका छन् । 

माझी झापा जिल्ला अदालतको मिति २०७८/०८/०२ गतेको फैसला अनुसार वन पैदावार ओसार पसार मुद्दामा २ महिना कैद र २३ हजार ७५५ रुपैयाँ जरिवाना भई फरार रहेका प्रतिवादी हुन् । त्यस्तै पावर झापा जिल्ला अदालतको मिति २०७९/०३/१६ गतेको फैसला अनुसार चोरी मुद्दामा ३ महिना कैद, १० हजार जरिवाना र पिडितलाई १५ हजार रुपैयाँ क्षेतिपुर्ति भराउने फरार ब्यक्रि भएको प्रहरीले जनाएको छ । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार विना इजाजत वन पैदावार ओसार पसार र चोरी मुद्दाका फरार प्रतिवादीलाई शनिबार र आइतबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।