दमक ।
झापाको दमक नगरपालिका वडा नम्बर ९ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले चेकजाँचको क्रममा १० बोरा चिनी पक्राउ गरेको छ । भञ्सार छलेर ल्याइएको अवैध चिनी प्रहरीले पक्राउ गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदैं गरेको मे १ ह ५८५१ नं. को अटोलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा अटो चालक भागेका थिए ।
अटो रोकेर चालक भागेर फरार भएपछि उक्त अटोलाई जेकजाँच गर्दा अवैध रुपमा ल्याउदैं गरेको ३५ हजार रुपैयाँ बराबरको १० बोरा चिनी फेला परेको थियो ।
अटो ३ लाख र ३५ हजार रुपैयाँ बराबरको अट्टो र चिनि नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।