दुधे ।
झापाको शिवसताक्षी नगरपालिकाले वालवालिका र युवा वर्गमा पठन सस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माण शुरु गरेको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रो रोषनले शनिवार शिवसताक्षी नगरपालिका ७ ब्याङ्गडाँडामा आजै ज्ञानघरको निर्माणपछि उदघाटन गर्दै अभियानको सुरुवात गरेका हुन् । स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजनमा नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञानघरमा नगरप्रमुखले वृहत नेपाली शब्दकोष लगायातको पुस्तकहरु प्रदान गर्दै ज्ञानघरको उदघाटन गरे । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोगबाट उक्त ज्ञानघरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बुले बताए ।
यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिसकिएको शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले बताए । ज्ञानघरलाई शिक्षाकै महत्वपुर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको १० करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरिएको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले बताए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा साखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु, मेची अंग्रेजी माविका पिन्सिपल पदम कुबँर लगायातले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपुर्ण काम भएको बताए ।
ज्ञानघर निर्माणपछि स्थानीय उमा अधिकारी, रोहित गिरी लगायातले ज्ञानघरका लागि पुस्तक समेत प्रदान गरेका छन् । स्वागत चन्द्रहाङ लिङदेनले गरेको कार्यक्रममा सभापतित्व गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बुले गरेका थिए ।