चन्द्रगढी ।

सस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल अध्यक्षमा भानु प्रताप राजवंशी चयन भएका छन् । सस्थागत बिद्यालय शिक्षक युनियनका कोशी प्रदेश सह–सचिव राजु बरालको प्रमुख आतिथ्यमा आज (शनिबार) सम्पन्न  युनियनको कचनकवलको दोस्रो अधिबेशनले राजवंशीलाई अध्यक्षमा चयन गरेको हो ।

नव गठित कमिटी उपाध्यक्ष चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सह–सचिव घनेन्द्र रिजाल र कोषाध्यक्ष पुनम सापकोटा रहेका छन् । त्यसैगरी सदस्यमा हिमा लामिछाने, मिरा तामाङ, राजन भट्टराइ, अर्जुन पोखरेल, सबिना तिम्सिना, गंगा कार्की, सुवास लावा र कमला यादव चयन भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सह–सचिव राजु बरालले  निजि बिद्यालयका शिक्षक, कर्मचारीका समस्या समाधानमा सरोकारवाला पक्ष उदासिन रहेकाले सशक्त आन्दोलनको बिकल्प नभएको धारणा राखेका थिए । 

मुलुकमा पटक पटक भएका राजनीतिक परिवर्तनमा निजि बिध्यालयका शिक्षक, कर्मचारीको योगदान रहे पनि शिक्षक, कर्मचारीका समस्या जस्ताको तस्तै रहेको बताउदै सरकारले सबै निजि बिद्यालयलाई सामाजिक सुरक्षा कोषमा सामेल हुन अनिवार्य गर्नु पर्ने कुरामा  बरालले जोड दिए।

कार्यक्रममा इस्टु झापाका वरिष्ठ उपाध्यक्ष युवराज दाहाल, शिक्षक महासंघ कचनकवल अध्यक्ष भैरव राजबंशी, कचनकवल माबिका प्रिन्सिपल खगेन्द्र पाण्डे र वडा न ६ का वडाध्यक्ष चिन्तामणि खरेलले शुभकामना मन्तब्य  राखेका थिए । 

घनश्याम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पर्शुराम कार्की र सन्चालन अर्जुन पोखरेलले गरेका थिए ।