मेचीनगर । 

मेचीनगरमा संचालित प्राइभेट, सरकारी, संघसंस्था र पार्टीले आयोजना गरेको सामुहिक रोपाइँमा अधिकांश बिद्यालयमा बिद्यार्थीलाई प्रयोग गरेको पाइएको छ । कृषि क्षेत्रलाई कलिलै उमेर र शैक्षिक क्षेत्रबाट सिप आर्जन गराउने उद्देश्यले पनि शैक्षिक संस्थाले बिद्यार्थीलाई असार १५ मा धान रोपाइँमा प्रयोग गरेको हो । संस्थाका पदाधिकारी र कर्मचारीको सहभागीता भन्दा बिद्यार्थीलाई सहभागीता गराउन मै ध्यान पुगेको चित्रण गर्न सकिन्छ । 

एमाले मेचीनगरले मेचीनगर(१० मा सामुहिक धान रोपाइँ गरेको छ । पन्चे बाजासहितको रोपाइँमा मेचीनगरका मेयर गोपाल बुढाथोकी र उपमेयर मिना उप्रेतीले पनि सामुहिक रोपाइँमा धान रोपेका थिए । स्थानीय सिताराम सामुदायिक बिधालयका शिक्षक(शिक्षिका र विद्यार्थीले धान रोपाइँमा सघाउ पुर्याएका थिए । रोपाईमा पुर्वप्रदेश सभाषद् श्री मैनालीलगायतले रोपाइमा सघाउ पुर्याएका थिए ।

यता धुलाबारीको इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् ।राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् ।

प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न जाने गरेका छन् । आफू बच्चा हुँदादेखि नै विद्यालयबाट धान रोप्न जाने गरेको र आफूले धान मजाले रोप्न सिकिसकेको कक्षा–१० मा अध्ययनरत् छात्रा गरिमा बस्नेतले बताइन् । विद्यालयले बालबालिकाहरुलाई करिव ८ वर्ष अघिदेखि नै राष्ट्रिय धान दिवस मनाउन प्रोत्साहन गर्ने गरेको शिक्षक विकास ग्वालले बताए । 

त्यसैगरी मेचीनगर(१२ स्थित युनिक बोडिङ अङ्ग्रेजी माबिले आफ्ना विद्यार्थीलाई असार १५ को अवसरमा दही चिउरा र केरा खुवाएको छ । बिद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद रिमालले असार (१५ लाई धान दिवस मनाउनुको महत्त्व, धान रोपाइँ र नेपालमा खाद्यान्नको अवस्थाको बारेमा बिद्यार्थीलाई जानकारी गराएका थिए । करिब ५ सय बिद्यार्थीलाई दही चिउरा र केरा खुवाएर असार १५ मनाएको प्रिन्सिपल रिमालले जानकारी दिए । 

त्यस्तै मेचीनगर(१४ स्थित बाल सुबोधनी माबिले पनि असार १५ को अवसरमा सहभागी बिद्यार्थीलाई दही चिउरा खाजा खुवाएको छ ।  असारमा रोपाइँको महत्वको बारेमा जानकारी गराएको छ । त्यस्तै धुलाबारीस्थित मानव सनातन धर्म सेवा समितिले पनि बृहत् धान रोपाई सम्पन्न गरेको छ ।