अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र अर्जुनधारा नगर विकास बहुउदेश्यीय सहकारी संस्थाको सह–आयोजनामा शुक्रबार (आज) राष्ट्रिय धान दिवस बिबिध कार्यक्रम मनाईएको छ । २० औं राष्ट्रिय धान दिवसको अवसरमा अर्जुनधारा–७ स्थित मिलडाँडामा बेठी लगाएर धान रोपाइ गरिएको हो ।
महिला समूहको नौमती बाजाको तालमा रौसिँदै, असारे गीतको भाका हाल्दै, जनप्रतिनिधी, सहकारीका प्रतिनिधी, कृषक र विद्यार्थीहरुले धान रोँपाई गरेका थिए ।
अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकिय अधिकृत गीताकुमारी राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अर्जुनधारा नगर विकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्युष आजाद राना, नगरपालिकाका कर्मचारीहरु, स्थानीय कृषक, राजनीति दलका नेताहरु र सूर्योज्योती बोडिङ स्कुलका विद्यार्थीहरुले रमाईलो गर्दै रोपाई गरेका थिए ।
अर्जुनधारा नगरपालिकामा पुरानो आंकणा अनुसार ६ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ । अर्जुनधारा नगरमा धान पकेट क्षेत्र घोषणा गरिएको छ । अर्जुनधारामा धेरै कृषकहरुले रञ्जित जातको धान खेती गर्दै आएका छन् । यसको अलवा मन्सुली, बासमती कालो नुनियालयातको रैथाने थानबाली लगाईने गरेको छ ।


















