भद्रपुर । 

आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा दुईदिने व्यापार व्यापार सहजीकरण सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको विर्तामोडमा बिहीबार आजदेखि तालिम सञ्चालन भएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले आायत–निर्यात व्यवसायका लागि जान्नैपर्ने विभिन्न प्रक्रियाहरुका बारे प्रस्तुति दिएका थिए ।

झापाका आायत–निर्यात व्यवसाय एवम् उद्योग–वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारीसमेत २५ जनाको सहभागिता रहेको तालिममा व्यवसायीहरुले प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो ।