बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाका २ वटा वडामा बाल क्लब गठन गरिएको छ । बिर्तामोड ६ र ९ नम्बर वडामा बाल क्लब गठन गरिएको हो । बाल मैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो । वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारि वडा बाल क्लब गठन भएको छ ।
११ सदस्यीय वडा बाल क्लबको समितिको उपाध्यक्षमा उपाध्यक्ष मनिता राई,सचिब निज्रा मेचे ,सह–सचिब शुभास अधिकारी, कोषाध्यक्ष प्रशंसा मोक्तान रहेका छन् । त्यस्तै समितिको सदस्यमा निरज पोख्रेल, प्रज्वल कट्टुवाल, सेबुका सार्की, नियम ओलि, सम्राट ढकाल र मनोज आचार्य सर्वसम्मत चयन भएका छन् ।
वडाध्यक्ष सुर्यकुमार कङ्दन्वा प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जीवन बास्कोटाले गरेका थिए । वडा सचिव रुपमान थलङ्गले कार्यक्रमको संचालन गरेका थिए ।
त्यसैगरी वडा नम्बर ९ मा पनि सुसान अधिकारीको अध्यक्षतामा गठित बाल क्लबको उपाध्यक्षमा रोश्नी मिश्र, सचिब प्रतीक चौलागाईं, सह–सचिब मनिशा लामा र कोषाध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
क्लबको सदस्यमा युवराज राजबंशी, रिदिमा तामाङ, गरिमा कामती, सुपल किस्कु र गोबिन्द श्रेष्ठ चयन भएको वडा सचिब सुभाष कुमार बिकले जानकारी दिए ।
वडाध्यक्ष हरिप्रसाद चौलागाईंको अध्यक्षता भएको कार्यक्रममा सदस्य केशब बुढाथोकीले स्वागत र कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।