बिराटनगर।
कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न भएको छ । जस अनुसार जिल्ला प्रहरी कार्यालय स्तरबाट १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।
कार्यक्रम अनुसार सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले ‘लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरान शाखाका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यमा बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सोही अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले आन्तरिक खेल प्रतियोगिता, गित, नृत्य, कविता र नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी श्रीमती संघ की अध्यक्ष एवं आसरा सुधार केन्द्र, पानवारी धरान शाखाको संरक्षक अजिता देवकोटा बास्तोला, संचालक समिति सदस्य शिला बज्राचार्य, सिनियिर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।