बुटाबारी ।  

झापाको अर्जुनधारा नगरपालिका मार्फत बन्दी सहायता नेपाल अर्जुनधारा ११ का बालबालिकाहरुलाई खाद्यान्न, बुक स्टेशनरी, बिद्यालय पोशाकलगायतका सामाग्री प्रदान गरेको छ ।  सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशले स्थानीय निकाय मार्फत दुई लाख पचास हजार रुपैयाँ अनुदान बालबालिकाहरुका लागि खाद्यान्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्चिने गरि प्रदान गरेको हो ।

विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका अभिभावकसँग आस्रित तथा असहाय १४ जना बालिका र ११ बालक गरि पचिस जना बालबालिकाहरु मनमाया गंगा आमा जगल गार्डेन ब्वाइज होम र खुदुनाबारी बालगृहमा रहेको अध्यक्ष जगतबहादुर मगरले बताए । उनीहरु जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय, महारानीगन्ज माबि, जनता माबि अर्जुनधारा र सरस्वती माबी बिर्तामोडमा अध्ययनरत छन् । उनीहरुलाई मंगलबार (आज) अर्जुनधारा नगरमार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको हो । 

सामाग्री हस्तान्तरण कार्यक्रममा महारानीगन्ज माबिका बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, जनप्रतिनिधि सुशीला गिरी, लीला पराजुली, अर्जुन थेबे, नरबहादुर बिक लगायतले प्रदेश सरकारले बालगृहका बालबालिकाहरुका लागि गरेको सहयोगप्रति धन्यवाददिएका थिए ।

पुर्वान्चल शाखाका अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख आतिथ्य महिला बालबालिका जेष्ठ नागरिक शाखा अर्जुनधाराकी महिला बिकास निरीक्षक शान्ति गड्तौला रहेकी थिइन् । स्वागत शिक्षक गितादेबी खरेल र अम्बिका गरुङले गरेको कार्यक्रमको सहजीकरण सचिब रन्जित परियारले गरेका थिए ।