लक्ष्मीपुर । 

महिला एकता समुह काठमाडौंले मंगलबार (आज) झापाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । समुहले झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरको हिमाली माध्यमिक बिद्यालयका विद्यार्थीलाई ३५ वटा शैक्षिक सामाग्री व्याग उपलव्ध गराईएको समुहकी अध्यक्ष मेनुका ओली चिमरीयाले जानकारी दिइन् । 

विद्यालयमा आज आयोजीत एक कार्यक्रमका वीच समुहकी सदस्य शिखा गणेश र चित्रकला ओलीले शैक्षिक सामाग्री व्याग विद्यार्थीलाई हस्तानतरण गरेका हुन् ।  

विशेष गरेर बालवालिकाको क्षेत्रमा क्रियासील उक्त समुहले शैक्षीक र पोषण सामाग्री उपलव्ध गराउदै आएको छ ।