झापा ।
हल्दिबारी २ स्थीत देउनिया घाट उत्तर जंगली हात्तिको आक्रमणबाट एक ब्यत्तीको मृत्यू भएको छ । मृत्यू हुनेमा भद्रपुर ७ निवासी जोगेन कर्मकारका छोरा अन्दाजी ५३ बर्षिय गिरेन कर्मकार रहेको स्थानियले बताएका छन् ।
स्थानियका अनुसार बिहान ४ बजे दुइ जना खोलामा च्याउ खाेज्नको लागि निस्किएको बेला उनलाई जंगली हात्तिले आक्रमण गरेको र घटना स्थलमै उनको ज्यान गएको बताइएको छ । एकजना भागेर ज्यान जाेगाउन सफल भएका छन्।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानको टोली आएको र आवश्यक छानविन पछी मृतक कर्मकारको सवलाई पोष्टमार्टमको लागि प्रादेशिक मेची अस्पताल लगिने प्रहरिले जनाएको छ ।