झापा ।
झापाका १५ वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गरेका छन् । झापाका पाालिकाहरुले कूल बजेट १३ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बबरावरको बजेट प्रस्तुत गरेका हुन् ।
यो बजेटको अंकमा स्थानीय सरकारको आन्तरिक आम्दानीसहित प्रदेश र संघीय सरकारले दिने विभिन्न शीर्षकका अनुदान पनि जोडिएको छ । झापाका पालिकामा सबैभन्दा बढी दमक नगरपालिकाले र सवैभन्दा कम हल्दिबारी गाउँपालिकाले बजेट प्रस्तुत गरेको छ ।
दमकले एक अर्ब ८४ करोडको बजेट प्रस्तुत गरेको छ भने हल्दिवारी गाउँपालिकाले ४७ करोड ७४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेटमा पूर्बाधार क्षेत्रको विकास सहित कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । संविधानमा स्थानीय तहले असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान छ । सोही अनुसार झापाका सबै पालिकाले आइतवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेका हुन् ।
बिर्तामोड नगरपालिका १ अर्ब ४० करोड, भद्रपुर नगरपालिका ८५ करोड ६७ लाख ३ हजार, मेचीनगरपालिका १ अर्ब ५१ करोड १२ लाख, कनकाई नगरपालिका ६७ करोड ८७ लाख २४ हजार, अर्जुनधारा नगरपालिका ७६ करोड ११ लाख ८० हजार, गौरादह नगरपालिका ७९ करोड ९२ लाख ६७ हजार शिवसताक्षी नगरपालिका १ अर्ब २२ करोड, दमक नगरपालिका १ अर्ब २२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
त्यसैगरी कचनकवल गाउँपालिका ६३ करोड १ लाख १० लाख, हल्दिवारी गाउँपालिका ४७ करोड ७४ लाख ३० हजार, बह्रदशी गाउँपालिका ४९ करोड ८८ लाख ४० हजार, झापा गाउँपालिका ४९ करोड ९० लाख १७ हजार, कमल गाउँपालिका ७२ करोड २१ लख ८८ हजार, ाौरीगञ्ज गाउँपालिका ५२ करोड ९२ लाख ४९ हजार र बुद्धशान्ति गाउँपालिका ६० करोड ७७ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत भएको छ । यस आर्थिक बर्षमा अधिकांश पालिकाले बजेट घटाएर प्रस्तुत गरेका छन् ।