सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को लागि ६७ करोड, ८७ लाख २४ हजार १ सय ७५ रुपैँयाको बार्षिक बजेट प्रस्तुत भएको छ ।

आइतवार (आज) भएको नगरको १३ औ नगरसभाबाट नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले आगामी बर्षका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन ।

आशा शर्मा शिवाकोटीले अघिल्लो आर्थिक बर्ष २०७९/८० को भन्दा ६ करोडले कम बजेट सार्बजनिक गरेकी हुन् ।  अघिल्लो आर्थिक बर्षमा कनकाई नगरपालिकाले ७३ करोड , ८५ लाख रुपैँयाको बजेट निर्माण गरेको थियो ।

यस आर्थिक बर्षमा बजेट घटेसँगै कनकाईको ३ नम्बर वडा बाहेक सबै वडाको बजेट सिलिङ समेत घटेर आएको छ । अघिल्लो आर्थिक बर्षमा वार्डनम्बर ३ मा १ करोड १७ लाख २२ हजार ७०० रुपैँया छुट्टिएकोमा यस आर्थिक बर्षमा १ करोड २६ लाख ३२ हजार ९७ रुपैँयाँ बजेट बिनियोजन गरिएको छ । बाँकी ८ वटै वडामा घटेर बजेट गएको छ ।