- प्रकाश उप्रेती
मेचीनगर।
प्रतिनिधि सभाका सदस्य एबम् संघीय प्रदेश सदस्य बिश्वप्रकाश शर्माले सरकार बदलिएपनि नीतिगत कार्यक्रम सुनिस्चित हुनुपर्नेमा जोड दिएका छ्न् । मेची नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री नेताले सरकार बदलिएपनि नीति तथा कार्यक्रम सुनिश्चित हुनुपर्ने बताएका हुन् ।
सरकार परिवर्तनशिल हुनसक्नेछ तर, स्थानीय तहको वडाध्याक्ष र नगरप्रमुख चाहेरपनि परिवर्तन हुन नसक्ने भन्दै वडा र नगरप्रमुखले दृढ संकल्प गरेमात्रै बिकास संम्भब हुने बताए । प्राथमिकता नछुट्याउदा वडा र नगरको बिकासमा समस्या देखिनेगरेकाले लहडको भरमा नीति तथा कार्यक्रम कार्यान्वयन नगर्ने गरिनुपर्नेमा जोड दिए ।
उनले पुर्वको मेचीनगर नाका त्रिदेशिय ब्यापारसंग जोडिएकाले सम्भावना बोकेको नगरको रुपमा लिइएको नेता शर्माको भनाई थियो । उनले नागरिकलाई बिश्वास दिनेखालका कार्यक्रम केन्द्र, प्रदेश र नगरले सवन्मय गरेर मात्रै सम्भव हुने भएको र सबै बिकास बजेटसगै नागरिकको चेतनाको बिकास पनि संगै अहिलेको आवश्यक भएको बताए ।
कार्यक्रमका बिशेष अतिथि प्रदेश सभा सदस्य गोपाल तामाङले बिस्तृत छलफल आवश्यक गरेर नीति तथा कार्यक्रमको ठोस रुप दिन आवश्यक भएको बताए । नगरको आन्तरिक ब्यवस्थापनमा घाटा भएको औंल्याउदै भने आय किन भएन रु भन्ने प्रश्न गर्दै कृषिलाई बैज्ञानिक ढंगले उत्पादन गरिनुपर्नेमा जोड दिएका थिए । सिमा क्षेत्रलाई ब्यवस्थापन गरिनुपर्छ । जलबायु परिवर्तनको समस्या, बनजङ्ल ब्यवस्थापन, वातावरणको जोगाउदै नागरिकमैत्री हुँदै युवामैत्री कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
प्रदेश सदस्य सबिना बजगाईले राजनीति दलभन्दा माथि उठेर नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष राजन चिमरियाले नगरको १ अर्व, ५१ करोड बजेट सुशासन र भ्रष्टाचाररहित नगर भए अरु केहि गर्नुनपर्ने जिकिर गरे ।
शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगारलाई प्राथमिकतामा राखेर महिनाको १ चोटी श्रमशिबिरको ब्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे । नेकपा एमालेका अध्यक्ष चन्द्र प्रसाईले दोहोरो शिक्षा नीतिको अन्त्य गर्दै दुर्व्यसनीको नियन्त्रण गर्न आग्रह गरे । नेपाली काङ्ग्रेसका सभापति सुबेश पनेरुले सुकुम्बासी र हात्तीको समस्याको सामाधान गर्ने बिशेष आग्रह गरेका थिए ।
जिल्ला बिकास समितिका सदस्य तुलसा काफ्ले बराल, एकीकृत समाज समाजबादिका अध्यक्ष हरिप्रसाद तिम्सिना, राप्रपा नेपाल(बिषालकृस्ण बास्तोला, रास्वपा कमल गौतमले शिक्षा, स्वास्थ्य, कृषिलाई बिशेष ध्यानदिन आग्रह गरेका थिए ।
- कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता :
कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमकतामा राखेर झापाको मेचीनगर नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले दोस्रो नगर सभाको तेस्रो अधिवेशनमार्फत आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत भएसँगै पुन बजेट ल्याउने तयारी भइरहेको छ ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत मन्तव्यमा मेचीनगरको बजेट १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ रहेको जानकारी गराइन् ।
नगर उपप्रमुख उप्रेतीले चालु खर्चतर्फ ८५ करोड ७ लाख, ७ हजार रुपैयाँ वा ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उपप्रमुख मिना उप्रेतीले स्पष्ट पारेकी थिइन् । विपद् कोषका लागि १ करोड तथा मर्मतसम्भार कोषमा २ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र दहत्तर बहत्तर स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँको बजेट पेश गर्नुभयो ।,चालु खर्चतर्फ ८५ करोड ७ लाख ७ हजार रुपैयाँ वा कुल बजेटको ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट रहेको छ ।
जनताका शिक्षा स्वास्थ्य जस्ता मौलिक हकहरुको कार्यान्वयन गर्ने विषयमा होस वा कृषि, पशु, स्वास्थ्य, खानेपानीजस्ता नगरबासीका आधारभूत आवश्यकताहरुको सम्बोधनकालागि होस् नगरपालिकाले सक्दो प्रयास गरेको छ । कृषितर्फ करीब २ करोड ४८ लाख र पशु विकास तर्फ ४६ लाख गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ ।
शिक्षातर्फ ४२ करोड ७८ लाख छुट्याइएको छ भने स्वास्थ्यतर्फ ७ करोड ४ लाख रुपैयाँ जति विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षामा करिव १ करोड २२ लाख ७० हजार, युवा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख, लैगिक समानता र समाबेशीकरणमा ७७ लाख गरी सामाजिकविकास तर्फ कूल ५४ करोड ८८ लाख रकम विनियोजन प्रस्ताव गरिएको छ ।
नदीजन्यपदार्थको उत्खनन् सम्बन्धी ठेक्कालाई समयमा नै विवादरहित एवम् पारदर्शी तवरबाट लगाउन सकिएमा यसबाट राजस्वमा उल्लेखनीय सुधार हुने बताइएको छ । सडक यातायात भवन आवास लगायतका पूर्वाधारमा करीव ६४ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । त्यस्तै सुशासन तथा यससँग सम्बन्धित क्षेत्रमा २ करोड ९ लाख रुपैयाँ र कार्यालय सञ्ञ्चालन तथा प्रशासनिकतर्फ २४ करोड २६ लाख रुपैयाँ हारहारीमा रकम छुट्टिएको छ ।