हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाको १५ औ गाउँसभाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ । 

कोशी प्रदेश सभा ३ (२) का सदस्य छबिलाल चुडालको प्रमुख आतिथ्यमा भएको गाउँसभाले आइतबार(आज) उक्त बजेट सार्वजनिक गरेको हो । 

 हल्दिबारी गाउँपालिका अध्यक्ष सभाअध्यक्ष रबिन्द्र लिङ्देनले सभा सञ्चालन गरेका हुन्। गाउँसभाको १५ औ  पहिलो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समिति सदस्य तथा हल्दिबारी गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मीदेबि मैनालीले सभामा बिनियोजन विधियक २०८० सभामा पेश गरेकि थिईन ।

हल्दिबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रूपैयाँको अनुमानित बजेट सभामा उपाध्यक्ष लक्ष्मी देबि मैनालीले प्रस्तुत गरेकी छिन्।  

गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० मा ४६ करोड ४३ लाख ४४ हजार ६७० रूपैयाँको अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ३० लाख ८५ हजार  सात सय तीस रुपैयाँ बढी बजेट ल्याएको छ ।

नीति तथा कार्यक्रम र बजेट माथिको छलफलको लागि असार १३ गते बिहान ११ बजे बैठक बस्नेगरी पहिलो बैठक समापन भएको छ।