मेचीनगर ।
मेचीनगर–८ स्थित आदर्श माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । सहिद विरेन राजवंशी प्रतिष्ठानमार्फत मेचीनगर नगरपालिकाले आदर्श मावि कक्षा ११ र १२ मा अध्यायनरत १ सय १९ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो ।
विद्यालय परिसरमा शुक्रबार(आज) कार्यक्रमका बिच नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले ११९ जनालाई जनही ४ हजार २८७ का दरले ५ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
त्यसै मेचीनगर ८ वडा कार्यालयले पनि आदर्श मावि कक्षा ११ मा पढ्ने विपन्न तथा जेहेनदार २१ जना विद्याथीलाई जनही ११ हजारका दरले रकम उपलब्ध गराएको छ ।
छात्रवृति वितरण कार्यक्रममा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, वडासदस्यहरू कुन्दन निरौला, मनकुमारी गिरी, आदर्श मावि व्यवस्थापन समिति अध्यक्ष पूर्ण खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष भोला तिम्सिना, प्रअ कृष्ण पुरी, लम्बोदर पौडेल, अर्जुन गिरीलगायतका शिक्षक तथा विद्याथीएहरुको सहभागिता रहेको थियो ।