मेचीनगर ।
झापाको मेचीनगर नगरपालिका वडा–१३ का वडाअध्यक्ष कृष्णराज सिग्देललाई नेकपा एमालेले कारबाही गरेको छ । बिकासप्रेमी जनताका नेताको रुपमा चिनिएर दोश्रो पटक मेचीनगर–१३ जननिर्वाचित अध्यक्ष हुन् ।
एमाले मेचीनगरको असार ७ गते बसेको सचिवालय बैठकले वडा अध्यक्ष सिग्देलले पार्टीको अनुशासन पालना नगरेको भन्दै कार्वाही गरेको एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उनलाई अनुशासन पालना नगरेको ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गरेर कार्वाही गरेको हो ।
त्यस्तै एमाले प्रदेश कमिटि सदस्य तथा कोशी प्रदेशका पुर्व सांसद श्रीप्रसाद मैनालीमाथी हातपात गर्ने एमाले जिल्ला सदस्य भुपाल ओलीलाई जिल्ला कमिटिबाट बर्खास्त गर्न सिफारिस समेत गरेको अध्यक्ष पोखरेलले बताए ।
ओलीलाई जिल्ला कमिटिबाट हटाउन भन्दै मेचीनगर कमिटिले जिल्ला कमिटिमा सिफारिस गरेको एमाले मेचीनगरका अध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एमाले नेता मैनालीमाथि ओलीले हातपात गरेका थिए ।