बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा नगरपालिका ११ को सिमानामा रहेको आवास मार्गमा ढल निर्माणको पहल अगाडी बढाउन समिति निर्माण गरिएको छ ।

 बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव तामाङ गोमदेनको नेतृत्वमा बिहीबारअनुगमन गरि पहल समिति निर्माण गरीएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईसहित गरिएको अनुगमनमा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र ईङनामको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको हो ।

समितिको सदस्यहरुमा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, अर्जुनधारा ६ का वडाध्यक्ष  हरिषचन्द्र बाँस्तोला, गोपाल विमली, सुरेन्द्रबहादुर लिम्बु, विर बहादुर राई र टेकराज सुव्वा रहेका छन् ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख प्रसाईले वर्खामा डुवानको समस्या रहँदै आएको यस क्षेत्रमा ढल निर्माणका लागि दुवै नगरपालिका सकरात्मक भएकोले समिति निर्माण गरेर पहल अघि बढाएको बताइन् । बिर्तामोड वस पार्कदेखि माथिल्लो उक्त क्षेत्रमा वर्षौंदेखि डुवानको समस्या रहँदै आएको छ ।