ओखलढुङ्गा । 

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–८ मा गएराति गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ। चम्पादेबी–वडा नम्बर ८ स्थित स्थित गुरुङ बस्तीमा बिहीबार राति ११ बजे पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो। 

गुरुङ बस्तीका ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको वडाध्यक्ष खड्गबहादुर बरालले जानकारी दिएका छन् । तीन जनाको शव निकालिएको छ भने दिपेशको शव निकाल्ने प्रयास भइरहेको बताइएको छ । 

 पहिरो गएलगत्तै बस्तीका अन्यले भागेर ज्यान जोगाएका थिए। घटनाको थप क्षति विवरण आउँन बाँकी छ । घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएका छन्।