मेचीनगर। 

पूर्व सांसद श्रीप्रसाद मैनालीमाथि भुपाल ओलीले हातपात गरी दुर्व्यवहार गरेको भन्दै त्यसको विरूद्धमा यातायात व्यवसायी संस्थाहरूले कार्वाहीको माग गरेका छन्  । 

काँकरभिट्टा खानेपानीको सभाहलमा पुग्ने क्रममा भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेको बिषयमा यातायात व्यवसायी संस्थाहरूले कार्वाहीको माग गरेका हुन्  ।

बिहिवार (आज) यातायात क्षेत्रको अभिभावकका रूपमा रहेका पूर्वसांसद मैनालीमाथि सार्वजनिक स्थलमा आक्रमण शैलीमा हातपात गर्नु गलत भएको भन्दै पुर्व मेची बस व्यवसायी प्रालिले बिज्ञप्ती निकालेको छ । 

पुर्व मेची बस व्यवसायी प्रालिको संस्थापक अध्यक्षसमेत रहेका मैनालीमाथि भएको घटना निन्दनीय रहेको भन्दै बिज्ञप्ती निकालेको छ ।

त्यस्तै, सोही घटनाको बिषयमा ओलीको विरूद्धमा महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोष, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघले संयुक्तरूपमा बिज्ञप्ती निकालेर कार्वाहीको माग गरेका छन् ।

bigyapti