मेचीनगर।

आइतबार हुने झापाको मेचीनगरले नगरसभाको तयारीका लागि नगरले शुक्रबार नै सेवा बन्द गरेको छ । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू भोलि बन्द गरिने धारणा सार्वजनिक गरेको छ । 

नगरपालिकाले बिहीवार सूचना जारी गर्दै असार १० गते आइतबार नगरसभाको तयारी गर्ने र उक्त तयारीका लागि ८ गते शुक्रबार सेवा बन्द गरिएको जनाएको हो । शुक्रबार र आइतबार दुईदिन नागरिकलाई प्रदान गर्ने सेवा बन्द गर्ने भएको हो ।

मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले असार १० गते तेस्रो नगर सभाको बैठकको तयारी गरेको हो ।