बुट्टाबारी ।
झापाको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले दुई दिने (IEMIS) सम्बन्धि क्षमता बिकास तालीम सम्पन्न गरेको छ ।
बिद्यालयको बार्षिक परिक्षा पछि सम्पुर्ण बिवरण भर्ने एकीकृत शैक्षिक सूचना ब्यवस्थापन प्रणाली सम्बन्धि नगरले प्रहिलो चरणमा प्राबि तहका प्रधानाध्यापक र एक स्रोत शिक्षकसहित २३ जनालाई प्रयोगात्मक कक्षासहित सहजीकरण गरिएको थियो ।
सहि तथ्यांक नभरिदा बिद्यालयको बिकास र बिद्यालयले नगर प्रदेश र संघबाट पाउने सुबिधा समेत नपाउने स्थिति रहने र अब सबै क्षेत्रहरु प्रबिधिमय हुँदै गर्दा अझ शिक्षा क्षेत्र त अनिवार्य हुनु पर्ने कुरामा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव तोयानाथ रेग्मीले बताए । कार्यक्रम शनिश्चरे माबिको प्राबिधिक सहयोग र सभाहलमा संचालित कार्यक्रममा सहजकर्ता हरि तामाङ र प्राबिधिक निखिल तिवारी रहेका थिए ।
तालिम फलदायी रहेको भन्दै जुनकीरी प्राबिका प्रधानाध्यापक रन्जित परियार र श्री प्राबिका प्रधानाध्यापक सुजाता शिवाकोटीले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । शाखा अधिकृत सुनिता भट्टराईले स्वागत गरेको कार्यक्रमको सन्चालन प्राबिधिक सहायक समिरा दाहालले गगरेकी थिइन् ।