बिर्तामोड ।
नागरिक उन्मुक्ति पार्टी (एकिकृत) का संरक्षक तथा प्रतिनिधी सभाका पूर्व सदस्य रेशमलाल चौधरी आज(मंगलबार) झापा आउने भएका छन् ।
पार्टीका कार्यकर्ताहरुसँग भेटभाट गर्न चौधरी बिर्तामोड आउने भएका हुन् । बिर्तामोडमा साढे १२ बजे आइपुग्ने चौधरीलाई मुक्तिचोकमा स्वागत गरेर सिटी सेन्टरमा हुने कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी गराइने पार्टीका सचिवालय सदस्य धनबहादुर पङ्धाकले जानकारी दिए । उनी मोरङको कार्यक्रम सकेर झापा आउन लागेका हुन् ।
कैलाली घटनाको मुख्य योजनाकारको रुपमा थुनामा रहेका चौधरीलाई सरकारले आम माफी दिएर जेठ १५ गते रिहा गरेको थियो । जेलमुक्त भएसँगै चौधरी पार्टी निर्माणका लागि देश दौडाहामा निस्किएका छन् ।