झापा ।
झापाबाट चोरी मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नम्बर ५ का २६ बर्षिय सुमन गुरुङ रहेका छन् ।
झापा जिल्ला अदालतको मिति २०७८/१२/०८ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो ।
पक्राउ गरिएका प्रतिवादी गुरुङलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फरार प्रतिवादी गुरुङलाई ३ महिनाको कैद तथा सजाय भए मध्ये २८ दिन न्यायिक हिरासतमा बसिसकेका र बाँकी कैद २ महिना २ दिन र ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।