काठमाडौं ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर आज घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा लक्ष्य र उद्देश्य टुंग्याएको छ।

आइतबार बालुवाटारमा बसेको चार दलको बैठकले लक्ष्य, उद्देश्य र प्राथमिकतासहितको १५ बुँदे प्रतिबद्धता तय पारेको हो। 

 प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा घोषणा हुन लागेको मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप अघि बढ्ने सहमति पनि बनेको छ।