हल्दिबारी ।
झापाको हल्दीबारी गाउँपालिका बाल सञ्जालले बिद्यालय बन्दको बिरूद्व आपत्ति जनाएको छ । सञ्जालका अध्यक्ष पवन गिरीले प्रेस बिज्ञप्ति जारी गर्दै बिद्यालय बन्दको बिषयमा आपत्ति जनाएका हुन् ।
अध्यक्ष गिरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘हल्दीबारी गाउँपालिकाको शैक्षिक गुणस्तर कायम गर्नका लागि भनेर हल्दिबारी गाउँपालिकाले विगतका दिनमा र अहिले पनि शैक्षिक क्षेत्रमा भारी लगानी गरेको छ।
तर समय समयमा यस प्रकारका बन्द भए बालबालिकाको भविष्य माथि ठूलो नराम्रो असर पर्ने र समयमा कोर्स पुरा नहुने अवगत गराउँदै यथा सिघ्र विद्यालय संचालन गर्न प्रत्येक सामुदायिक विद्यालयलाई पत्रचार गर्नका लागि अनुरोध छ। नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गरेका थिए ।
बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन् । आइतवार (आज) हल्दिबारीका सामुदायिक बिद्यालय बन्द भएका छन् ।