सुरुङ्गा ।
सरकारी सवारी चालक एशोसिएसन नेपालले सदस्यको मृत्युपछि परिवारलाई आर्थिक सहयोग गरेको छ । एशोसिएसनले एकलाख २६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
एशोसिएसनले अर्जुनधाराबाट १५ हजार, कनकाईबाट १७ हजार, भद्रपुरबाट २० हजार, बिर्तामोड १५ हजार, शिबसताक्षी १५ हजार, मेचीनगरबाट १५ हजार, गौरादहबाट १५ हजार, झापा ५ हजार, बाह्रदशी, ६ हजार र जिससबाट ३ हजार रुपैयाँ संकलन गरेर स्व. भण्डारीको परिवारलाई प्रदान गरेको हो ।
एशोसिएसनका सदस्य स्व.प्रकाश भण्डारीको ९ औं पुण्यतिथिका अवसरमा उक्त रकमबापतको चेक प्रदान गरेको एशोसिएसनका सल्लाहकार संयोजक रोहित कोईरालाले जानकारी दिएका हुन् ।
एशोसिएसनका अध्यक्ष झट्टबहादुर खड्काको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण तथा समबेदना कार्यक्रममा महासचिव खेमराज नेपालले संचालन गरेका थिए ।
दमक–२ भण्डारीको अघिल्लो बिहीवार दिउँसो नगर प्रमुख रामकुमार थापा सवार नगरपालिकाको गाडी लिएर विराटनगरमा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन गएको समयमा कार्यस्थलमै ह्दयघात भएर मृत्यु भएको थियो । सवारी चालकको कार्यस्थलमै निधन भएपछि नगरपालिकाले शोक विदा दिएको थियो ।
रकम हस्तान्तरण तथा समवेदना कार्यक्रममा सम्पुर्ण कार्यसमिति, सदस्यहरु, सल्लाहकारलगायतको उपस्थिति रहेको जनाइएको छ ।