झापा ।
सुरक्षार्थ खटेका सशस्त्र प्रहरीले सिटी सफारी चालकलाई कुटपिट गरेपछि चालकले शुक्रबार नेपाल(भारत पूर्वी सीमावर्ती मेची पुलमा अवरुद्ध गरेका छन् । सशस्त्र प्रहरीले अनाहकमा सिटी मजदुरमाथि गरेको कुटपिटको बिरोध गर्दै ३ घण्टा पुलमा सिटी सवारी तेर्साएर अवगमन अवरुद्ध गरेका थिए ।
मजदुरको नेपाल(भारत मुख्य मार्गमा अवरुद्ध गरेपछि हजारौ यात्रीले सास्ती भोग्नु परेको थियो । सशस्त्र प्रहरीले पछिल्लो समय पुर्वी सीमा क्षेत्रमा विवादित काम गर्दै आएको छ ।
मजदुरले पीडित भएको भन्दै कुटपिटमा संलग्न सशस्त्र प्रहरीले घटना स्थलमै माफी माग्नु पर्ने माग राखेर अवरोध गरेका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार कार्यालय, भारतीय सीमा सुरक्षा बल र सिटी मजदुरहरूको संयुक्त छलफलबाट कुटपिटमा संलग्नले माफी मागेपछि अवरुद्ध खुलेको थियो ।
पुर्वी नाकामा रहेका सशस्त्रले आम नागरिक र व्यवसायीसँग समन्वय नगर्दा दैनिक जसो घम्सा(घम्सीसँगै विवादित बन्दै गएको छ । अवरोध हटाउन दुवै देशका प्रहरी(प्रशासन र सवारी मजदुरबिच छलफल भएर अवरोध खुलेको थियो ।