अर्जुनधारा । 

अर्जुनधारा प्रेस क्लबको भवन शिलान्यास भएको छ । झापाको अर्जुनधारा–८ मा निर्माण हुन लागेको अर्जुनधारा प्रेस क्लव भवनको शुक्रवार (आज) अर्जुनधारा नगरपालिका प्रमुख बलदेबसिंह गोम्देन तामाङले शिलान्यास गरेका हुन् । 

प्रेस क्लबलाई साढे ९ धुर जग्गा प्राप्त भएसँगै अर्जुनधारा नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुको सुबिधाका लागि सूचना केन्द्र बनाउने उदेश्यले भवन निर्माण गर्न लागिएको प्रेस क्लबका उपाध्यक्ष प्रेम आचार्यले जानकारी दिए । 

अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राईको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम प्रमुख अतिथि तथा नगर प्रमुख बलदेबले शिलान्यास गरेका थिए । 

 भवन निर्माणका लागि यस बर्ष ५ लाख रुपैयाँ अर्जुनधारा नगरले दिएको छ । उक्त रकमले भवन निर्माण शुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार क्रमश भवन निर्माण कार्य अगाडि बढाइनेछ । 

शिलान्यास कार्यक्रममा प्रेस क्लबका निबर्तमान अध्यक्ष कुमार भट्टराई, सल्लाहकार दिपिन राई, जग्गादाताका तर्फबाट कृष्ण बराललगायतको उपस्थिति रहेको थियो ।