हल्दिबारी।

झापाको हल्दीबारी गाउँपालिका वडा नं. ३ ले  वडाको वार्षिक पारित कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत अनुदानमा मकै सुकाउने झुल र सिचाइकाे बिधुतिय माेटर वितरण गरेको छ।

वडाले सार्वजनिक सूचना निकाल्दै कृषि सामाग्रीको लागि निवेदन माग गरेको र माग निबेदनहरूबाट छनोट गरी तथा ५० प्रतिशत लागत कृषकहरूबाट संकलन गरेर वडाले सामाग्री खरिदगरी वितरण गरिएको वडा सचिब राजन खतिवडाले जानकारी दिए।  

वडाले जम्मा ६० थान मकै सुकाउने झुल र १२ थान सिचाइ गर्ने बिधुतिय माेटर वितरण गरेको बताए ।

उनका अनुसार मकै सुकाउने झुलका लागि र माेटरका लागि वडाले एक, एक लाख रूपैयाँ बजेट बिनियाेजन गरेकाे थियाे। बाकी ५० % पैसा बुझाएका कृषकहरुलाई कृषि सामाग्रीहरु लिन वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेर वडा कार्यालयबाट  हिजाे र आज वितरण गरेको हाे।