बिर्तामोड । 

नेपाल पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा आन्दोलनमा उत्रिएको छ । महासंघले सदस्य शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य जानकारी दिए ।

उनले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेको बताए । उनले यसको थालनी स्वरुप आज महासंघमा कालो झन्डा राखेर धर्ना दिएको दावी गरे । महासंघले पठाएको नामका सन्दर्भमा प्रदेश कमिटीले छनविन समिति माग गरिएको छ ।

राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेकोमा चौतारीको आपत्ती रहेको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हुबहु पालना हुनु पर्नेमा चौतारी जोडदार माग गर्दछ । तर झापामा यो नभएकोले आन्दोलनमा उत्रन बाध्य भएका चौतारीको बुझाइ छ ।

चौतारीले आफ्नो मागको बेवास्था गरे चरणबद्ध  आन्दोलन गर्ने चेतावनी दिएको छ ।