बिर्तामोड ।
भापाको कचनकवल गाउँपालिका –३ का वडाध्यक्ष ग्यांस अजमल मियालाई विर्तामोडमा बिहीवार (आज) कुटपिट भएको छ। छोरीको उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल गएका मियालाई मेचीनगर नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय बिजय पनेरुले कुटपिट गरेका हुन्।
मिया मनमोहन अस्पतालको गेटबाट निस्कने क्रममा बाटो काट्दै गर्दा मेचीनगरका बाइक सवार पनेरुसँग ६ फिट पर आफै बाइक अनियन्त्रित भएर लडेपछि उनले एक्कासी आएर उनले लगाएको हेल्मेट मियामाथि प्रहार गरेका थिए।
प्रहारपछि मियाको नाकको हड्डी फुटेको र कानमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए । वडाध्यक्षलाई अस्पताल भर्ना गरिको बताएको छ।
वडाध्यक्षमाथि हेल्मेट प्रहार गर्नेलाई प्रहरी नियन्त्रणमा लिएको डिएसपी कार्कीले प्रहरीले जनाएको छ।