बिर्तामोड ।

 नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले कोशी प्रदेश खारेजीको आन्दोलनलाई प्रदेश सरकारले गैर जिम्मेवार पूर्वक मुकदर्शक बनेर हेरेको आरोप लगाएको छ ।

नामाङ्कनको सवालमा पहिचनाबादी पार्टीको भइरहेको आन्दोलनलाई सरकारले नै दबाउन खोजेको पार्टीले आरोप लगाएको हो । कोशी प्रदेश खारेजीको आन्दोलनलाई थप हिंस्रक बनाउन उद्यत गरेकोप्रति पार्टीले घोर निन्दा र भत्सना समेत गरेको छ । 

पार्टीका केन्द्रीय सदस्य तथा कोशी नाम खारेजी आन्दोलन परिचालन समितिका संयोजक धनवहादुर पन्धाकले सरकारलाई तुरुन्त सच्चिन आग्रह गरेका छन् ।

nagarik unn

झापाको बिर्तामोडमा विहीवार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश १ को नामाङ्कनको सवाललाई बार्ता र सम्वादको माध्यमबाट अविलम्ब सम्वोधन गर्न पार्टीले आग्रह गरेको छ ।

पार्टीको आग्रहलाई वेवास्ता गरे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरी शसक्त आन्दोलन गर्ने पार्टीले चेतावनी समेत दिएको छ । पार्टीको जायज मागलाई वेवास्ता गरे आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सरकारपक्ष हुनु पर्ने पार्टीले जनाएको छ ।  

पार्टीले प्रदेश १ को नामाङ्कन गर्दा पहिचान नामेट गर्ने काम गरिएकाले कोशी प्रदेश नाम खारेज गरी पहिचान पक्षधरको माग सम्वोधन गर्न आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सचिव त्रिनारायण राजवंशी, केन्द्रिय सदस्य भबीराज लिम्बु, तेह«थुम अध्यक्ष बिजय निङलेखुलगायतको उपस्थिति रहेको थियो ।