सोलुखुम्बु ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण तथा भ्रमण गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय, सम्पुर्ण शाखाहरु, तथा हिरासत कक्षको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
निर्देशनको क्रममा उनले सोलुखुम्बु जिल्ला पर्यटकिय क्षेत्र भएको हुँदा कार्यरत प्रहरी कर्मचारीहरुले बिशेष ध्यान दिई कार्य गर्न र देश बिदेशबाट आऊने पर्यटकहरुको जानकारी लिई सुरक्षा ब्यबस्था मिलाउन का साथै यातायातको पहुँच कम भएको हुँदा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरु लागि पर्नु पर्ने बताए ।
त्यसैगरी असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्दै समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्न उनले निर्देशन दिएका छन् ।