अर्जुनधारा ।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाले पाच दिने श्रोत शिक्षकका लागि सूचना प्रबिधि क्षमता बिकास तालिम सन्चालन गरेको छ । 

संघीय अनुदान सहयोगमा नगर भरिका २८ वटा आधारभुत तथा माद्यामिक सामुदायिक बिद्यालयका श्रोत शिक्षकहरुको सहभागीतामा तालीम सन्चालन गरिएको हो ।

बिद्यालयमा प्राबिधिकमय अहिलेको आवश्यकता रहेकोले र सूचना देखि इमेल ईन्टरनेटको प्रयोग र शिक्षण सिकाइमा कार्यालय देखि कक्षा कोठामै शैक्षिक सामग्री प्रयोग गर्न शिक्षक प्राविधिकमय हुन जरुरी रहेको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका उप मेयर खड्कामाया पराजुलीले बताइन । कार्यक्रममा अतिथिहरु शनिश्चरे मा बि का प्र अ चेतामनी खनाल, बि ब्य स अध्यक्ष डिल्लीराम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसरी नै तालीमको सहजकर्ता कपिलदेब तिमसिना,सुरेसाकुमार बिष्ट रहेका थिए । कार्यक्रमको नगरका प्रमुख प्रशाकिय अधिकृत गिता कुमारी राइको अध्यक्षतामा संचालित कार्यक्रमको शाखा अधिकृत सुनिता भट्टराईले स्वागत गरेकि थिइन भने सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन।