दुर्गापुर । 

झापाको कनकाई नगरपालिका वडा नम्बर–१ स्थित दुर्गापुरमा आधुनिक सुबिधा सम्पन्न सामुदायिक भवनको शिलान्यास भएको छ । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बुधवार (आज) दुर्गा भगवती सामुदायिक भवनको शिलान्यास गरेका हुन् । 

दुईतले सामुदायिक भवन निर्माण गर्ने गरी शिलान्यास गरिएको भवनको पहिलो तला ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने सामुदायिक भवन निर्माण समितिका संयोजक कुमारमणि पोखरेलले जानकारी दिए । 

bhawan silanyas

भवन निर्माणका लागि ४ लाख कनकाई नगरले बजेट छुट्याएको र ७ लाख ५० हजार रुपैयाँ पोखरेल परिवारबाट संकलन भएको साथै अन्य रकम दाताहरुबाट संकलन गरेर निर्माण गरिने संयोजक पोखरेलले बताएका छन् । ५६ र ३५ को क्षेत्रफलमा निर्माण गरिने भवनको दोस्रो तलाको स्टमिट पछि गरिने गरी पहिलो तला निर्माण सम्पन्न गरिने संयोजक पोखरेलले बताएका छन् । 

भवन निर्माणका लागि कुमारमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय निर्माण समिति गठन गरिएको छ । समितिको सचिवमा गोपालकुमार पोखरेल, कोषाध्यक्षमा इन्दिरा कोइराला, सदस्यमा कुसल न्यौपाने, मनोजकुमार पोखरेल, राधिका भट्टराई र सुवास ढकाल रहेको जनाइएको छ ।  

शिलान्यास कार्यक्रममा कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेललगायतको उपस्थिति रहेको थियो ।