• रन्जित परियार  

बुट्टाबारी । 

उप–सभामुख इन्दिरा राना मगरले अर्जुनधारा नगर प्रमुख लगायतसँग बिकास निर्माण र योजना सम्बन्धि अन्तरक्रिया गरेकी छिन् ।  कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सबै बिकास निर्माणका निर्माण सामग्री बालुवा गिट्टी र ढुङ्गा अर्जुनधारा नगरबाट लगे पनि क्षमता भन्दा बढि लोड भएका यातायातका साधन चल्ने  र बर्षेनी खाल्डा खुल्डी हुनाले जनताले दुःख पाएको बताएका छन् ।

उनले क्षमता अनुसारको सडक बन्ने बजेट सहजीकरण गरिरहेको पनि बताउँदै नदिजन्य सामग्री उन्खननका लागि स्थानीय बिरिङ्ग लगायत खोलामा ड्याम निर्माण गर्न र त्यस्ता यातायातका साधन चलाउने खोलाको किनारबाट  कोरिडोर सडक बन्न सके सबैलाई सहज हुने बताए। त्यसका लागि उप–सभामुख इन्दिरा राना मगरले सरकार, मन्त्रालय र सभामुखसँग समन्वय गरि पहल गर्ने प्रतिबद्धता गरेकी छिन् ।

त्यस्तै उप–सभामुख रानाले नगर बिद्यालय कर्मचारी परिषदको शान्तिपूर्ण आन्दोलनमा सरिक हुँदै १० देखी ४ बजेसम्म बराबर काम गर्ने कर्मयोगी कर्मचारीहरुको मागलाई शिक्षा ऎनमा समाबेश र सरकारसँग उचित ब्यवस्थापनका लागि सहजीकरण गर्ने बताइन् ।

त्यसैगरि उनले आजै झापा कारागारमा रहेका कैदी बन्दिहरुसँग भेटघाट र ब्यवस्थापन सम्बन्धि प्रशासनसँग अन्तरक्रिया गरेकी छिन् । साहित्यकार पुन्यप्रसाद खरेलको ५० औं बिबाह बर्षगाठ तथा उपन्यास जेठीको लोकार्पण कार्यक्रममा उनी सहभागी समेत भएकी थिइन् ।