हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले एक बर्षको अवधिमा बिबिध बिकास कार्य योजना गरेको जनाएको छ । बजेट अभावका कारण भनेजती काम गर्न नसके पनि उल्लेखिय कार्य योजना गरेको अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले बताएका छन् । 

rabindra linden

संघीय सरकारले दिने बजेट कटौतीका कारण पनि भनेजति कार्य सम्पन्न गर्न नसकेको अध्यक्ष लिङ्देनको भनाई छ  । ‘हल्दिबारीका जनप्रतिनिधिहरुले सकेसम्म थोरै बजेट आएपनि एक बर्षमा परिणाम मुखी कार्य गरेका छौं’ अध्यक्ष लिङ्देनले भने ‘तीन वटा काठे पुल यसै बर्ष सम्पन्न गर्ने योजना थियो, बजेटका अभावका कारण त्यो पुरा हुन सकेको छैन ।’

उनले त्यो सम्झौता आगामी बर्षसम्मको भएको बताउँदै हाल बर्षा पनि शुरु हुने भएकाले २०८१ सम्ममा सम्पन्न गर्ने बताए । त्यसैगरी बिद्यालयका पुराना कुराहरुलाई सुधार गर्दै सिसि क्यामेरा जडान र एप्स सार्वजनिक गरिसकेको उनले बताए । एप्सको प्रयोगबाट अभिावकले बिद्यालयको पठन–पाठन घरमै बसेर अनुगमन गर्ने सक्ने अध्यक्ष लिङ्देनले बताए । 

पालिकाले स्वास्थ्यलाई ध्यानमा राखेर आधारभूत अस्पताल सञ्चालन गरेको, बजेट थोरै भएपनि स्थानीय मेटरियल प्रयोग गरेर कच्ची बाटाहरु ग्रावेललगायतका भौतिक संरचनाको कार्य गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए ।