मोरङ।

मोरङको कटहरी गाउँपालिका–२ स्थित सडक खण्डमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आइतवार (आज) पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साईकल यात्री इलाम तिल्केनीका २१ बर्षीय सुशिल पौडेललाई ठक्कर दिँदा घाईते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका–११ का ४० बर्षीय सुरज लाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।