हल्दिबारी ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगर्त सामाजिक सुरक्षा भत्ताबापत गाउँपालिकाबाट ४ वटै त्रैमासिकमा वितरण गरिएको भर्पाई र पालिकाबाट पेश भएको लगतकट्टा र मृत्यु दर्ता विवरणलाई आधारमा मानी नमुना छनौट गरि परीक्षण गर्दा लाभग्राहीले पाउने रकम भन्दा बढी रकम भुक्तानी दिएको पाईएको महालेखाले जनाएको छ ।
झापाको हल्दिबारी गाउँपालिकाको नमुना परिक्षण गर्दा बढी भुक्तानी दिई असुल गर्नुपर्ने देखिएको रु २, ६१, ७३० महालेखा परीक्षकको प्रतिवेदनले जनाएको हो ।
भत्ता वितरण गर्दा सामाजिक सुरक्षा ऐन २०७५ सामाजिक सुरक्षा नियमावली २०७६, विद्युतिय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को प्रावधान बमोजिम गर्नुपर्ने व्यवस्था छ ।
पालिकालाई सामाजिक सुरक्षा कार्यक्रमको लागि आब २०७८/०७९ मा नेपाल सरकारबाट रु. १७, ७९, ५२, ३३७ प्राप्त भएको मध्ये कुल ५ वडामा सामाजिक सुरक्षा भत्ता वापत रिभर्स फिड अनुसार रु १, ७७, ३, १२, २७१ वितरण गरेको देखिन्छ । रिभर्स फिड अनुसार रु ६, ४०, ०६६ खर्च नभई बाँकी देखिएकोमा बैंकले रु ४, ४२, ०३९.९२ संघिय सञ्चितकोष फिर्ता गरेको छ । मृत्यु भईसकेको ब्यक्तिको नाममा उक्त रकम निकासा भएको महालेखा परीक्षकको प्रतिवेदनबाट खुलासा भएको छ ।
महालेखा परीक्षकको बार्षिक प्रतिवेदनको पेज नम्बर ६१ देखि ६५ सम्ममा उक्त विवरण अनुसार अनियमितता भएको उल्लेख छ ।
यस्तो छ महालेखा परीक्षकको प्रतिवेदनमा :