झापा । 

पार्टीका प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेलगायत नेतृत्वमाथि दुब्र्यबहार तथा आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाको ध्यानाकर्षण भएको छ । 

माओवादी केन्द्र झापाले प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरि तत्काल दोषि माथि कडा कारवाहीको माग समेत गरेको छ । पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडु (सरोज) द्धारा हस्ताक्षरित बिज्ञप्तीमा दोषीलाई कडा कारवाहीको माग गरिएको हो । 

बिज्ञप्तीमा भनिएको छ ‘गत जेठ २४ गते बुधबारका दिन बुद्ध शान्ति गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको छत तथा कोठाको वालहरु चर्किएको समस्याको बिषयमा वडा कार्यालयले आह्वान गरेको सर्वदलीय बैठक तथा छलफल गर्ने क्रममा तत्कालिन भवन निर्माण समिति सचिवसमेत रहेका नेकपा (एमाले) को तर्फबाट निर्वाचित वडा सदस्यको नेतृत्वमा केहि उश्रृंखल समुहद्वारा पार्टीका प्रदेश कमिटी सदस्य पाण्डे लगायतका नेतृत्वमाथि गरिएको दुब्र्यवहार तथा आक्रमण प्रयासप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’

‘सार्वजनिक सम्पत्तिमाथि भएको अनियमितता र लापर्वाहिप्रति चासो र चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा व्यक्तिहरुले गरेको उश्रृंखल तथा अराजक गतिविधिको हाम्रो पार्टी घोर निन्दा र भत्सर्ना गर्दछ’ बिज्ञप्तीमा भनिएको छ । आइन्दा यस्तो उश्रृंखल हर्कत नदोहोर्याउन सम्बन्धित व्यक्तिहरुलाई विज्ञप्तिमार्फत चेतावनीसमेत दिइएको छ ।