- रन्जित परियार
बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियान अर्जुनधारा ११ झापालाई दृष्टिबिहिन तथा असाहय बस्ने आवासका लागि जमिन खरिदका लागि सालवारीका खरेल परिवारले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
अभियानले असहाय, अनाथ, दृष्टिबिहिन बस्ने आश्रम बनाउने क्रममा जमिन खरिदका लागि एक धुर एक ब्यक्ति सहयोगी दाताकोहरु सहयोग अभियान अन्तर्गत केहि धुर जमिनका लागि सहयोग जुटि सकेको र सोही क्रममा अर्जुनधारा ११ सालबारीका गोपिचन्द्र खरेल तथा अम्बिकादेबी खरेल र उनीहरुका परिवार तर्फबाट अनाथ,असहाय र दृष्टिबिहिनहरु बस्ने घर निर्माणको लागि एक धुर जमिन खरिद गर्न अभियानलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।
अभियानले अर्जुनधारा ११ देवनिया बस्ती प्रगतिटोलमा एक कठ्ठा जमिन खरिद गरेको अभियन्ता गणेश ढुंगानाले बताए । दिनहु विभिन्न नगरपालिकाका वडाहरु तथा बजार, चोक, बिद्यालय आदिमा रहेको फोहोर प्लास्टिक सिसाहरु संकलन गरि बिक्री गरि आएको रकम पनि अभियानमै जम्मा गरि जमिन खरिद गर्दै गरेको ढुंगानाले बताए । जमिन खरिदका लागि सहयोगी हातहरु जोडिने क्रममा रहेको वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले बताए ।
कार्यक्रममा सल्लाहकार समाजसेवी बिपि कोइराला, नरेन्द्र खड्का, चन्द्र सुवेदी, रन्जन बस्नेत, जगतबहादुर मगर, बुद्धिलाल चौधरी लगायतले खरेल परिवारले गरेको कार्यप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण अभियानका सञ्चार संयोजक रन्जित परियारले गरेका थिए ।