हल्दिबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले आइतवार (भोली) बाट बिद्यालय सञ्चालन गर्ने भएको छ । अत्याधिक गर्मीका कारण बालवालिकाहरुको पठनपाठनमा कठिनाई भएको भन्दै गत जेठ १८ गतेदेखि पालिका भित्रका बिद्यालयमा बिदा दिएको थियो । 

पालिकाले गर्मीका कारण जन स्वास्थ्यमा समेत असर पर्ने देखिएको भन्दै जेठ १८ गतेदेखि २२ गतेसम्म ५ दिनका लागि विद्यालय विदा दिएको थियो ।

 उक्त समयमा पनि तापक्रम नघटेपछि पुनः सोहि कारण देखाउदै २६ गतेसम्म बिदा थप गरेको थियो। मौसममा केही सुधार तथा विद्यार्थीहरूको पठनपाठनलाई मध्यनजर गर्दै शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन हल्दीबारी गाउँपालिकाले आइतबार जेठ २८ गतेदेखि बिद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ । 

हल्दिबारी अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक संयुक्त छलफलबाट सम्पूर्ण विद्यालयहरू २८ गते आइतवार (भोली) देखि यस अघिकै समयमा कक्षा सञ्चालन गर्ने भएको हो ।