झापा ।
झापाको कन्काई नगरपालिका(३ स्थितबाट प्रतिबन्धित लागुऔध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिको प्रहरी टोलीले झापा गाउँपालिका४ घर भई कनकाई नगरपालिका ३ स्थितमा डेरा गरी बस्दै आएका २६ बर्षीय करन चौधरी र २६ बर्षीय मुस्ताक अन्सारीलाई १ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।