हल्दिबारी।

झापाको हल्दिबारी गाउँपालिकाले पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका छात्राहरुलाई वितरणका लागि खरिद गरेको स्यानीटरी प्याड वितरणको भरपाई नभएको पाइएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कुनकुन विद्यालयलाई कति मात्रामा खरिद गरिएको हो लागत अनुमान स्वीकृत गरिएको नपाइएको उल्लेख छ ।

सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड व्यवस्थापनका लागिप्रति विद्यार्थी अनुदान अन्तर्गत कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई प्रति महिनावारी बढीमा २ प्याकेटका दरले विद्यालयले उपलब्ध गराउनुपर्ने र खरिद गरेको स्यानिटरी प्याडको गुणस्तरमा असर नपर्ने गरी सुरक्षित राख्नुपर्ने व्यवस्था छ । 

हल्दिबारी गाउँपालिकाले जस्मिन हाइजिन प्रोडक्स प्रालिबाट रु ९,९३,५९८ को ११,९०० थान  खरिद गरेको छ । स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को परिच्छेद ५ दफा १४ मा उपाध्यक्षको संयोजकत्वमा सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहने र दफा १५ बमोजिमको कार्य गर्नुपर्ने व्यवस्था भएकोमा सो बमोजिम अनुगमन तथा समन्वय नभएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख्य गरिएको छ। साथै विद्यालयबाट सेनिटरी प्याड वितरणको प्रगति विवरण गरी अभिलेख राख्नु पर्नेमा त्यो समेत नराखिएको जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा लागत अनुमान तयार गर्ने, ठेक्का पट्टा स्वीकृत गर्ने कार्य आब।को प्रथम चौमासिक अवधि भित्रमा समाप्त गरिसक्नुपर्ने व्यवस्था छ । यस्तै स्यानिटरी प्याड सम्बन्धि कार्यविधिको दफा ५ मा स्यानिटरी प्याड त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने उल्लेख छ ।

कार्यालयले वर्षभरी विद्यार्थीलाई सेवा दिन खरिद गर्ने प्याड आर्थिक वर्षको अन्तमा अर्थात आषाढ २४ मा खरिद गरेकोले लक्षित उद्देश्य पुरा हुने देखिएको महालेखाले जनाएको छ।  आर्थिक वर्षको अन्ततिर खरिद गरिएको स्यानीटरी प्याडको भरपाइ पेश नभएको महालेखा परीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदन पेज नं. ४१ मा सो कुरा उल्लेख छ । 

 यस्तो छ महालेखा परीक्षकको प्रतिवेदनमा : 

maha lekha