झापा ।
झापाको छुट्टाछुट्टै स्थानबाट बेवारिसे अवस्थाको एउटा गाडी र भञ्सार छलेर भारततर्फ लादै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भञ्सार कार्यालयमा बुझाएको छ ।
मेचीनगर नगरपालिका वडा नं. ६ स्थित दुर्गा मन्दिरबाट जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नेपालबाट भारततर्फ भञ्सार छलेर लैजादैं गरेको विन चिटर १७० पिस र ट्राउजर ४० पिस २ लाख ४४ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । भञ्सार छलेर लगिदै गरेको सामान नियन्त्रणमा लिएर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाटै खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजारस्थित रहेको भद्रपुर केचना आवत जावत गर्ने सार्वजनिक पक्कि सडक खण्डको पश्चिमतर्फ रहेको कल्भटको छेउमा पार्किङ गरी राखेको मे १ च ७९४६ नं. को महिन्द्रा कम्पनीको बोलेरो गाडी बेवारिसे अवस्थामा फेला पारेका छ ।
गाडीको धनिलाई खोजतलास गर्दा फेला नपरेपछि गाडी सम्बन्धि यातायात व्यवस्था कार्यालयसँग बुझ्दा गाडी नम्बर मेल नखाएकोले नियन्त्रणमा लिएर १२ लाख रुपैयाँ मूल्य बराबरको उक्त गाडी समेत आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।