सुरुङ्गा  । 

झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य बस्तुको बिक्री वितरणमा रोक लगाउने भएको छ । गत जेठ १७ गते २५ औं कार्यपालिकाको निर्णय अनुसार नगरक्षेत्रमा सुर्तीजन्य बस्तुको बिक्री वितरणमा प्रतिबन्ध गराउने भएको हो । नगरले आगामी साउन १ गते देखि निर्णयलाई कार्यन्वयन गर्ने नगरले सूचना जारी गरेको छ । 

मेयर राजेन्द्र कुमार पोखरेलले कनकाई नगरपालिकालाई नमुना नगर बनाउने अभियानमा साथ दिन नगरवासीलाई आग्रह गरेका छन् । साथै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण माथि गरिएको निषेधको निर्णयलाई कार्यान्वयन गर्न नगरवासीमा पोखरेलको आग्रह छन् ।

कनकाई नगरपालिकालाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान अन्तरगत नगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा कडाइ गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले बताए ।

चुरोट, गुट्खा, खैनीलगायतका सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायतका रोग लाग्नुका साथै फोहोर समेत हुने भएकाले नगरपालिका कठोर रुपमा उत्रिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताए । सुर्तीजन्य पदार्थको खोलले नगरपालिकाको सरसफाइमा ठूलो चुनौती सिर्जना गरेको समेत उनको भनाइ छ ।

कनकाई नगरवासीका रहेका सम्पूर्ण राजनैतिक दलको समेत केही महिना अगाडि छलफल कार्यक्रममा स्वास्थ्य र सरसफाइ प्रति चिन्तित हुँदै सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न साथ रहने भनी हस्ताक्षर गरिएको र उक्त हस्ताक्षरलाई नगरपालिकाले देखिने स्थानमा राखेको नगर प्रमुखका स्वकीय सचिव विजय पाठकले जानकारी दिए ।

suchana