मोरङ।

मोरङको सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् । बिहीवार (आज) आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढि हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाईते भएका थिए ।

घाईते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।